Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दिमाग खराब..’बनाउँदै निश्चल

फिल्मीखबर, काठमाडौं, 2015/11/05

फिल्म ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्क’े निर्देशन गरेपछि एकाएक चर्चामा आएका निर्देशक हुन् निश्चल बस्नेत । नेपालीपन मिसिएको आधुनिक शैलीको फिल्म बनाउन निश्चल सफल छन् । निश्चलका फिल्म सिंगल भन्दा मल्टिप्लेक्स हलमा सफल मानिएका छन् । हुनत, उनी विभिन्न समयमा विभिन्न कुराले विवादमा पनि आइरहन्छन् ।


निश्चल अब तेश्रो फिल्मको निर्देशनमा जुटेका छन् । निश्चलले बनाउन लागेको तेश्रो फिल्मको नाम ‘दिमाग खराब छ’ राखिएको छ । यो फिल्मको अहिले कथा लेख्न काम भैरहेको र यसै बर्षमा छायांकन सक्ने योजना पनि छ । फिल्म भित्र दयाहाङ राइले काम गर्ने पक्का भएको छ । अन्य कलाकारको बारेमा कुनै टुंगो लगाइएको छैन ।


निश्चलको यो फिल्म कुन जनराको हो भन्ने पनि खुलाइएको छैन । तर, निश्चलले नेपाली दर्शकलाई मनपर्ने कथामा फिल्म बनाउँदै आएका छन् । फिल्मसँगै निश्चलले यो साल विवाह गर्ने योजना समेत बनाएको बुझिएको छ । निश्चलले ‘होस्टल रिटन्र्स’ फेम अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह गर्न लागेको खबर पहिले नै बाहिरिसकेको छ ।

Most Visited News (monthly)