बलिउडमा फिल्म जतिसुकै फ्लप किन नहोस् स्टार पुत्र हुनुपर्छ रोमान्स गर्ने हिरोइनको कुनै कमी हुन्न । आदित्य पन्चोली पुत्र सुरज पंचोलीको हकमा पनि अहिले यही सत्य लागू भएको देख्न सकिन्छ । सलमान खान जस्तो गडफादर पाउँदा पनि सुरजको डेब्यु फिल्म ‘हिरो’ नराम्ररी जिरो भयो । सलमानको लाख प्रयासका बावजुद पनि दर्शक फिल्म हेर्न आएनन् ।
तर फिल्म फ्लप भएपनि सुरजको जिन्दगी हिट नैछ । त्यही भएर त होला ब्रिटिश मुलकी भारतीय अभिनेत्री एमी ज्याक्सनले सुरजसँग टाँका भिडाउन थालेकी छिन् । ‘सिंह इज ब्लिङ’ खेल्न भारत आएयता सुरज र एमीको निकटता बढ्न थालेको प्रत्यक्षदर्शी बताउँछन् । एमीले सुरजसँग ज्यादा भन्दा ज्यादा समय बिताउन सुरजकै घर छेऊमा अपार्टमेन्ट समेत लिएको मिडियामा चर्चा छ ।
‘एक था दिवाना’ खेल्न ब्रिटेनबाट भारत आएकी एमीको सोही फिल्मका अभिनेता प्रतिक बब्बरसँग लभ परेको थियो तर बीचमा टुट्यो । यता सुरज पनि जिया खानसँग अफेयरमा थिए । तर जियाले सुसाइड गरेपछि सुरज पनि तनावमा थिए । ‘टुटेको मुटमा एक अर्काको सहारा’ दुवैले एक अर्काका हात थामे । दुवैको रोमान्सको गाडी हाल तिब्र गतिमा कुदिरहेको छ ।

