Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

किनसँगै फोटो खिचाउँदैनन् करिश्मा र विनोद ?

फिल्मीखबर, काठमाडौं, 2015/11/05

अभिनेत्री करिश्मा मानन्धर पुग्ने अधिकांश कार्यक्रममा उनको सुन्दरता र पहिरनको नै चर्चा हुन्छ । करिश्मा विवाहित हुन्, तर उनी कार्यक्रममा प्रायः एक्लै पुग्छिन् । कहिलेकाही पति विनोद मानन्धरसँग पुगिहाले पनि विनोद सकभर करिष्मासँग दूरी बनाएर बस्छन् ।

 

मिडियाका क्यामेरा अगाडि होस् वा कार्यक्रममा, दुई जना आफ्नै सुरमा हिडेको देखिन्छ । करिष्मालाई सँगै मञ्चमा बोलायो भने पनि सकभर विनोदले टार्ने गरेका छन् ।तर काठमाण्डौको जय नेपाल हलमा आयोजना भएको ‘सिंहदरबार’ नामक सिरियलको प्रिमियर कार्यक्रममा विनोद र करिश्माको दुलर्भ दृश्य देखियो । करिश्मा र विनोद एकसाथ आए, क्यामेराको अगाडि एकसाथ पोज पनि दिए ।


धेरैपछि करिश्मा र विनोदलाई यसरी देखिएको थियो । सारीमा करिश्मा उपस्थित भएकी थिइन् भने विनोद कोर्ट र पाइन्टमा । करिश्माका गु्रप फोटोमा विनोद र उनको तस्बिर देख्न मुश्किल पर्छ । कार्यक्रममा त विनोद र करिश्मा एकसाथ देखिएको पाइदैन ।

Most Visited News (monthly)