मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.12/5.00)
Text size:-
+
-

‘लुटेरा’ले कति लुट्यो ?

फिल्मीखबर, काठमाडौं, 2015/11/18

अभिनेता निखिल उप्रेतीको बक्स अफिस टकराव अब कमै मात्र कलाकारसँग देखिने छ । कारण, निखिलका फिल्मले करोड क्बलबमा सहजै प्रवेश पाइरहेका छन् । ‘भैरव’ फिल्मले २ करोड माथिको ग्रस कलेक्शन गर्दा निखिलको ‘लुटेरा’ले पनि यस्तै हारहारीको व्यापार एक सातामा गरिसकेको छ ।

 

फिल्मले करिब १ करोड ६५ लाख ग्रस कलेक्शनको आँकडा  पार गरिसकेको वितरक तथा निर्माता गोपाल कायस्थको छ । बलिउडको ठूलो फिल्मसँग जुध्दा पनि निखिलको साथमा निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठले अभिनय गरेको द्धन्द्ध प्रधान  यो फिल्मले गतिलो व्यापार गरेको छ ।  कात्तिक २५ गतेबाट फिल्म चलेको हो । फिल्म चलेको एक सातामा यो व्यापारलाई राम्रो मान्नुपर्छ । अर्को साता कुनै नयाँ नेपाली र हिन्दी फिल्म नभएकाले पनि बक्स अफिसमा ‘लुटेरा’ले राम्रै कमाई गर्ने लक्षण देखाएको छ । तर लगानी रिकभरका लागि भने फिल्मले तीन करोड हाराहारीको व्यापार गर्नुपर्ने हुन्छ ।


५ बर्षपछि नेपाली रजतपटमा आफ्नो कमब्याक गरेका निखिलका दुई फिल्मले हलमा दर्शक जम्मा गरेपनि रिलिज भएका दुवै फिल्मबाट निखिलले प्रशंसा कमाउन सकेका छैनन् । दुवै फिल्म विषयवस्तु वा प्रस्तुतिका कारण भन्दा पनि निखिलको क्रेजका कारण मात्र चलेका देखिन्छन् । तर निखिल वा उनलाई खेलाउने निर्माताले यही आत्मरतिमा मात्र रमाएर बसे तेस्रो चौथा फिल्मले हावा खाने सम्भावना हुन्छ । विगतमा राजेश हमाल वा निखिलकै हकमा पनि यही सत्य लागू भएको थियो ।