Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टुटेको छैन रणवीर र दीपिकाको प्रेम

एजेन्सी, मुम्बई, 2015/11/18

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण एक अर्काको प्रेमबाट अलग भैसकेका छन् । रणवीर अहिले अर्की अभिनेत्री कट्रिना कैफसँग रोमान्स गरिरहेका छन् भने दीपिका रणवीर सिंहसँगको प्रेममा रहेकोे चर्चा छ । तर, आफ्नो नयाँ फिल्म ‘तमाशा’को प्रचारका क्रममा दौडिएका यी दुई कलाकार आफूहरुले अझै एक अर्कालाई प्रेम गर्ने बताएका छन् ।

 

दीपिकाले आफूले अहिले पनि रणवीरलाई प्रेम गर्ने गरेको बताइन् । यस्तै, रणवीरले पनि आफ्नो दिलमा अहिले पनि दीपिकाका लागि प्यार, सम्मान, र केयरिङ रहेको बताए । तर, तरिका मात्र बदलिएको दुई कलाकारको भनाई थियो ।


इम्तियाज अलीको निर्देशनमा बनेको यो फिल्म नोभेम्बर २७ मा प्रदर्शनमा आउँदैछ । यो जोडी ‘ये जवानी हे दिवानी’बाट खुबै चर्चामा आएको थियो ।दीपिकासँग रणवीर नजिकिएपछि उनकी प्रेमिका कट्रिना कैफ रिसाएको चर्चा पनि चलेको छ ।

Most Visited News (monthly)