बलिउड स्टार सलमान खानले आफुलाई हलिउड चलचित्रप्रति अभिनयको कुनै चाहना नरहेको बताएका छन् । सँगसँगै उनले यसको कारण समेत सार्वजनिक गरेका छन्, भाषागत समस्या । बलिउड चलचित्रहरुमा डायलग बोल्दा हिन्दीमा मात्र दिनु पर्ने र यो सजिलो भएपनि अंग्रेजी भाषामा केहि असहज हुने उनले स्विकारेका हुन् ।
सलमानले आफुमा बलिउडमा नै काम गर्ने चाहना रहेको भन्दै हलिउड चलचित्रमा काम गर्नेबारे केहि नसोचेको बताए । बर्षौंदेखी साईनोमा रहेको बलिउडले धेरै सम्मान दिएको र सोही सम्मानको लागी बलिउड छाडेर कतै नजाने जिकिर पनि उनले गरे ।
पछिल्लो पटक रिलिज चलचित्र ‘प्रेम रतन धन पायो’को सफलतापछिको प्रेस मिटमा सलमानले आफ्नो चलचित्रले ब्राडपिट र एञ्जेलिना जोलीको चलचित्रको भन्दा राम्रो ओपनिङ कलेक्शन गरेको पाएपछि हलिउड निर्माताबाट अफर आएको पनि खुलाएका छन् ।

