अभिनेत्री अशिष्मा नकर्मीले फेशनप्रति आफु निकै संवेदनशिल रहेको भन्दै घर बाहिर निस्किँदा पहिरन छनोटमा विशेष ध्यान दिने बताएकी छिन् । उनले अरुको डिजाईन भन्दा पनि आफ्नै डिजाईनिङको पहिरन लाउने मन लाग्ने भन्दै फेसन प्रतिको आफ्नो रुची स्पष्ट पारिन् ।
सोमबार अभिनेता निखिल उप्रेतीसँग एक फेशन स्टोर्सको उद्घाटनमा पुगेका बेला उनले यस्तो विचार राखेकी हुन् । बानेश्वरमा फेशन डिजाईनर मदन पौडेल सहित ’हाम्रो ग्रुप अफ कम्पनी’ले सञ्चालनमा ल्याएको ‘कपास फेशन’ नामक फेशन स्टोर्सको उद्घाटनमा दुबै जनाले फेशनको बारेमा अनुभव पनि साटे ।
त्यसैगरी निखिलले पनि करियरको सुरुवातमा फेशनमा त्यति ख्याल नगरेको भएपनि पछिल्लो समय स्टाईलिस् बन्नमा रुची बढेको खुलाए । उनले स्टार भईसकेपछि स्टारडम मेन्टेन गर्नकै लागि भएपनि पहिरनको मामिलामा ख्याल गर्नैपर्ने दिन आएको जिकिर गरे । निखिल र अशिष्माले रिवन काटेर उद्घाटन गरिएको उक्त फेशन स्टोर्समा नेपाली तथा भारतिय डिजाईनका पहिरनहरु पाईने बताईएको छ ।

