अभिनेता निखिल उप्रेतीले मल्टिप्लेक्समा प्रवेश पाएका छैनन् । फिल्म ‘भैरव’ र ‘लुटेरा’ले उनलाई मल्टिप्लेक्सको यात्रा सहज बनाएनन् । निखिल ‘भैरव’ चल्दा त मल्टिप्लेक्सका संचालकसँग खुबै रिसाए । निखिलले आफूलाई मल्टिप्लेक्सले हेपेको भन्दै आक्रोश पोखेका थिए ।
यता सौगात मल्ललाई भने मल्टिप्लेक्सको हिरोको ट्याग छ । उनका एकादुई फिल्म हिट भएका छन् र तिनमा पनि सिंगल भन्दा मल्टिप्लेक्सकै कमाई ज्यादा छ । त्यसैले धेरैले सौगातलाई मल्टिप्लेक्सकै कलाकार मान्छन् । यि दुवैले ‘संरक्षण’मा सँगै काम गर्दैछन् । सायद निर्माता सोच यही हो, सिंगलस्क्रिन र मल्टिप्लेक्सलाई सँगै लिएर जाँदा फिल्मले बबाल कमाउँछ । तर इतिहास निर्माताहरुले सोचे जस्तो भने छैन ।
किनकी यसअघि यही सोचका साथ निर्माता छवि ओझाले बनाएको फिल्म ‘लोफर’ सुपरफ्लप भएको थियो । फिल्ममा मल्टिप्लेक्सका हिरो दयाहाङ राई र सिंगल थिएटरका हिरो आर्यन सिग्देल एक साथ थिए । तर पनि फिल्मले फ्लपको व्यापार गरेको थियो ।‘संरक्षण’ रिलिज भएपछि यही हेर्नु चाख लाग्दो हुनेछ कसले कति दर्शक तान्छन् ? दर्शक निखिलका धेरै रैछन् कि सौगातका ?

