Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिललाई चाहियो २० लाख

फिल्मीखबर, काठमाडौं, 2015/12/14

अभिनेता निखिल उप्रेतीलाई २० लाख रुपैयाँ चाहिएको छ । २० लाख भएको खण्डमा निखिलले बर्षमा २ वटा मात्र फिल्म खेल्ने बताएका छन् । निखिलले फिल्म क्षेत्रमा कलाकारलाई कम पारिश्रमिक दिने भएकाले नै धेरै फिल्म खेल्नु परेको गुनासो गरेका छन् । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निखिल उप्रेतीले बर्षमा धेरै फिल्म खेल्नु परेको र गेटअप परिवर्तन गर्न नपाएको गुनासो गरेका हुन् ।

निखिलले नक्कली कपाल लगाएर फिल्म खेल्दाको हालत कलाकारको के भएको छ भनेर पनि प्रश्न गरे ? तपाइले कती पारिश्रमिक पाएको खण्डमा बर्षमा २ वटा मात्र फिल्म खेल्नुहुन्छ भन्ने प्रश्नमा निखिलले २० लाखको डिमाण्ड गरे । उनले बर्षमा २० लाख पाएको खण्डमा आफूले २ वटा फिल्म मात्र खेल्ने र पुरा समय दिने बताएका छन् ।

नेपाली कलाकारलाई अब मागे अनुसारको रकम प्राप्त गर्ने दिन चाडै आउने भन्दै निखिलले कम फिल्म नखेली कलाकारलाई सुखै नभएको पनि बताए । निखिलले अहिले ५ देखि ८ लाखसम्म पारिश्रमिक लिदै आएका छन् ।

Most Visited News (monthly)