Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

जब निखिल र आर्यनलाई पुलिसले घेरे....

फिल्मीखबर, काठमाडौं, 2015/12/14

गत शनिबार चलचित्र कलाकार संघको निर्वाचन भयो । महेन्द्र पुलिस क्लबमा सम्पन्न निर्वाचनमा यो पटक नाम चलेका केहि  कलाकारहरुको रौनक छुट्टै थियो । जहाँ कलाकारहरुको फ्यान कलाकार नै कति देखिए, कोही सेल्फी खिच्नमा व्यस्त देखिन्थे त कोही हाल खबर साटासाट गर्नमा । यो बीचमा नाम चलेका स्टारहरुका फ्यान रहेका प्रहरीहरुलाई पनि फोटो खिचाउन र अंकमाल गर्न राम्रै अबसर मिल्यो । फिल्मीखबरको क्यामेरामा कैद केहि दृश्यहरु यस्तै बोल्छन् ।


निखिल उप्रेती, आर्यन सिग्देल, रेखा थापा जस्ता चलेका अनुहारहरुसँग नजिकबाट साक्षात हुन पाउनु नै त्यहाँ कार्यरत प्रहरीको लागि ठूलो उपलब्धि बन्यो । पर्दामा प्रायः प्रहरीकै भुमिकामा देखिने निखिललाई एक प्रहरी अधिकृतले त निखिल प्रहरी नै हुनपर्ने मान्छे कलाकार बनेको भन्न सम्म भ्याए । जब मतदानको क्रम चल्यो तब यी स्टार मतदान स्थलमा छिरेर मत दिएर फर्किँदा बाहिरिने ठाउँमा पर्खेर बसेका प्रहरीहरुले उनलाई घेरी हाले । कोही ड्रेसमा त कोही सिभिलमा रहेका प्रहरी जवानदेखी अधिकृतहरु उनीसँग सेल्फी छिच्न तम्तयार थिए ।

 

 

पालो पर्खेरै एक, एक गरेर सबैले फोटो खिचे अनि निखिलसँगको भेट ऐतिहासिक लागेको बताए ।  अर्का स्टार आर्यनको मामिलामा पनि यस्तै भयो । उनीसँग पनि फोटो खिचाउने पुलिसको राम्रै ताँती थियो । यो देखेपछि फिल्मीखबरलाई लागेको छ नेपालमा फिल्म नै राम्रो नबनेर हो दर्शक हलमा कम आउने । नत्र हाम्रा हिरोहरुको क्रेज पनि कहाँ कम छ र ?

Most Visited News (monthly)