बलिउड बक्सअफिस कलेक्शनको रिपोर्ट अनुसार प्रदर्शनरत फिल्म ‘हेट स्टोरी ३’ले २०१५ को ब्लकबस्टर फिल्म ’बजरंगी भाईजान’को नाफालाई उछिनेको छ । दोश्रो हप्तामा प्रदर्शनको क्रममा रहेको यो फिल्मले अहिलेसम्म ५० करोडको बिजनेश आँकडा पार गरिसकेको छ । जबकी फिल्म निर्माण तथा पब्लिसिटी खर्च जम्मा १३ करोड २० लाख थियो ।
मंगलबारको कलेक्शनसँगै फिल्मले २ सय ७४ प्रतिशत नाफाको बिजनेश गरेको छ । तर सुपरस्टार सलमान खान अभिनित ’बजरंगी भाईजान’ले ३ सय करोड बढी कलेक्शन गर्दा २ सय २६ प्रतिशत मात्रै फाईदा कमाएको थियो । भारतिय मिडियाको रिपोर्ट अनुसार जरिन खान र डेजी शाहको ’हेट स्टोरी ३’ले नाफाको बिजनेशमा सलमानको फिल्मलाई उछिनेको हो ।
इरोटिक सेक्स थ्रिलर विधाको फिल्म रिलिज अगाबै सार्वजनिक ट्रेलर र गीतको बोल्ड दृश्यकै कारण दर्शक हलमा पुगेको विश्लेषण गरिएको छ । फिल्मको जारी कलेक्शनलाई पनि राम्रो मानिएको छ ।

