पूर्व विश्व सुन्दरी ऐश्वर्या राय र सुष्मिता सेन २० वर्षपछि एउटै फ्रेममा देखिएका छन् । तर उनीहरु कुनै फिल्मका लागि भने देखिएका हैनन् । दुवै क्यामराको फ्रेममा कैद भएका हुन् । दुवै मुकेश अम्बानीको पार्टीमा सरिक हुन आएका थिए । ऐश्वर्या र सुष्मितालाई एक अर्काको प्रतिद्धन्द्धीको रुपमा हेरिन्थ्यो । २० वर्ष अगाडि मिस इण्डियामा प्रतिस्पर्धा गर्दा दुवैका बीच दुश्मनी सुरु भएको थियो ।
सन् १९९४को मिस इण्डियाको अन्तिम प्रतिस्पर्धामा सुष्मिता र ऐश्वर्या बीच कडा टक्कर भएको थियो । तर सुष्मिताले अन्तिम राउन्डमा ऐश्वर्यालाई पछि पार्दै मिस इण्डियाको उापधि जितेकी थिइन् । सो बेला ऐश्वर्या भने फस्ट रनर अप बनेकी थिइन् । दुवैको समान अंक भएपछि निर्णायकले सोधेको अन्तिम प्रश्नमा सुष्मिताको जवाफले उनलाई उपाधिको हकदार बनाएको थियो । ऐश्वर्याले ९.३९ अंक प्राप्त गर्दा सुष्मिताले ९.४१ अंक प्राप्त गरेकी थिइन् ।
पूरा प्रतियोगिता भर भने ऐश्वर्या निर्णायक तथा अन्य प्रतिस्पर्धीकी फेवरेट थिइन् । त्यसयता दुवैका बीचमा मनमुटाव भएको आंकलन गरिएको थियो र दुवै कहिलै सँगै देखिएका पनि थिएनन् । मिस इण्डिया विजेताको रुपमा मिस युनिभर्समा भिड्न गएकी सुष्मिताले सोही साल मिस युनिभर्सको उपाधि जितेकी थियन् भने फस्ट रनर अपको रुपमा मिस वल्र्डमा गएकी ऐश्वर्यापनि मिस वल्र्डको उपाधि हात पारेकी थिइन् ।
त्यसयता दुवैले फिल्ममा करिअर बनाएपनि आमने सामने भएका थिएनन् । तर अम्बानीको पार्टीमा उनीहरुले आफूलाई सहज रुपमा प्रस्तुत गराउँदै मिडियालाई फोटो खिचाउने अवसर दिएका थिए । त्यति मात्र हैन पार्टीबाट फर्किएपछि सुष्मिताले ट्वीट गर्दै २० वर्षपछि ऐश्वर्यासँग सेलिब्रेट गरेको भन्दै खुशी प्रकट गरेकी थिइन् ।

