Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुको माया पोखिएपछि यसरी थाप्दैछन् दिलिप (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2015/12/15

दिपिल रायमाझी र अनु शाहको लिड अभिनय रहेको फिल्म ’गोरे’को अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक ’लिटरका लिटर पोखियो माया’ बोलको गीतमा दिलिप र अनुसँगै अभिषेक गिरी फिचरिङमा छन् । गीतको शब्द शंकर अधिकारीको हो ।


विकास चौधरीको संगीत समावेश उक्त गीतमा स्वर नित्यशिवा र डेविड शंकरको छ । रवि कार्कीले कोरियोग्राफी गरेका छन् । हाल अमेरिकामा रहेका अभिनेता दिलिपका प्रदर्शन हुन बाँकी फिल्म मध्येको एक ’गोरे’मा अनु र दिलिपसँगै ममता भट्ट पनि लिड रोलमा छन् ।


रामेशकुमार राईको निर्देशनमा तयार भएको यो फिल्ममा लगानी सुर्य जीसीले गरेका छन् । करिब एक बर्ष पहिले सुटिङ सकाईएको यो फिल्मको सार्वजनिक प्रदर्शन मिति तय भईसकेको छैन् । फिल्मलाई छिट्टै नै दर्शकमाझ ल्याउने सोचका साथ प्रचार थालिएको निर्माण टिम बताउँछ ।
 

Most Visited News (monthly)