नायक राजेश हमालले विवाह पश्चात आप्नो परिवारमा बारबार झगडा समेत परिरहेको खुलाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले सामाजिक सञ्जालको तथा मोबाईलमा आउने म्यासेजका कारण बेला बेलामा श्रीमतीसँग झगडा पर्ने गरेको खुलाएका हुन् ।
हमालले सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट टाढा पनि हुन नसकिने र यसकै कारण लफडा पर्ने गरेको अनुभव राखे । ‘म हरेक व्याक्तिहरुसँगको कुराकानी प्रायः गोप्य राक्ने कोशिश गर्छु, तर अक्कल झुक्कल त्यो म्यासेज बाहिरिँदा त्यसले गलत प्रभाव पार्छ, मेरो पुरा कुराकानी नहेरी आधा(आधी हेर्दा त्यसले समस्या पार्नेगरेको छ ।’ उनले लामो समयसम्म एक्लो जीवन बिताएकोले यस्तो अबस्था आएको समेत बताए ।
समय समयमा उत्पन्न हुने समस्यालाई तत्काल मिलाउने गरेको समेत हमालले बताए । सार्वजनिक कार्यक्रममा खासै नदेखिने हमाल बुधबार भएको सेतोपर्दा डटकम नामको अनलाइन पोर्टल उद्घाटन कार्यक्रममा देखिएका थिए । उनले नेपाली फिल्मको समसायिक अवस्थाका बारेमा धारणा राखेका थिए ।
कसरी परेको रहेछ लफडा भिडियोमा हेर्नुस् ।

