मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिलसँग अब बेनिशाको पालो

फिल्मीखबर, काठमाडौं, 2016/02/07
अभिनेत्री बेनिशा हमाल अब चर्चित अभिनेता निखिल उप्रेतीसँग देखिने भएकी छिन् । करिब ५ बर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका निखिलका यो बर्षमात्र लगालग २ वटा हिट फिल्म प्रदर्शनमा आए । यसैले पनि निखिलको क्रेज र माग फिल्म क्षेत्रमा ह्वात्तै बढेको छ ।
 
अब भने निखिल र बेनिशालाई लिएर निर्देशक सविर श्रेष्ठले फिल्म बनाउन लागेका हुन् । फागुनको दोश्रो साताबाट छायांकनमा जाने भनिएको यो फिल्ममा निखिलको द्धन्द्धका साथमा वेनिशासँग लभ स्टोरी कथा पनि वुनिएको छ । तर केहि दिन पहिले अमेरिका तर्फ लागेका निखिल कहिले फर्किन्छन नै तय छैन् ।
 
फिल्मका लागि अहिलले निर्देशक श्रेष्ठनै स्क्रिप्ट लेख्ने काम गरिरहेका छन् । जगन श्रेष्ठको प्रस्तुतीमा बन्ने यो फिल्ममा जयन श्रेष्ठले पैसा हाल्नेछन् । फिल्ममा संजय लामाको छायांकन, बसन्त सापकोटा र दिनेश सुनामको संगीत, रोशन श्रेष्ठको द्धन्द्ध रहने पक्का भएको सविरले बताए ।
 
फिल्म 'स्वर'बाट नेपाली फिल्म नगरिमा प्रवेश गरेकी अभिनेत्री बेनिशा हमाल र निखिल उप्रेतीको जोडी दर्शकले रुचाए भने यो बेनिशाको करिअरका लागि भने बढी सुखद हुनेछ । सविर व्यवसायिक फिल्म बनाउन सफल मानिन्छन् । फिल्मको नाम तय भएको छैन ।