मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेहालाई न्याय माग्दै कलाकार, मृत्युदण्डको पक्षमा प्रियंका (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/07
बलात्कारपछि हत्या गरिएको भनिएकी पोखरेली चेली नेहा पुनः को पक्षमा अभिनेत्रीहरुले शनिबार साँझ माईतिघर मण्डलामा द्विप प्रज्ववलन गरेका छन् । ऋचा शर्माको अगुवाईमा भएको कार्यक्रममा नाम चलेका दर्जनौं कलाकर्मीहरु उपस्थित थिए भने सर्वसाधारण तथा विद्धार्थीहरुको पनि राम्रो साथ रह्यो ।
 
 
मैनबत्ती बोकेर पुर्व मिस नेपाल मल्भिका सुब्बादेखी बर्तमान मिस नेपाल ईभाना मानन्धरसम्म तथा अभिनेत्रीहरु प्रियंका कार्की, दिपाश्री निरौला, रिमा विश्वकर्मा, झरना थापा, नन्दिता केसी, आना शर्मा सँगै निर्माता निर्देशकहरु समेत कार्यक्रममा सहभागी हुँदै नेहाको पक्षमा उभिए । 
 
 
उपस्थित सबैको एक स्वर दोषीलाई तत्काल पत्ता लगाई कानुनी कारबाहीको माग थियो । फिल्मीखबरसँग कुरा गर्दै अभिनेत्री द्वय प्रियंका र ऋचाले आजको नेहा पुनः भोलीको जुनकुनै नेपाली चेली भलै आफु पनि बन्न सक्ने भन्दै दोषीलाई कारबाही नगरेसम्म र यो प्रकारको घटना दोहोरिन नदिनको लागी सरकारी स्तरबाट पहलकदमी हुनपर्ने धारणा राखे ।
 
प्रियंकाले त 'मृत्युदण्ड' दिँदा मान्छेहरु झस्किन्छन् र यो प्रकारको घटना नदोहोरिने वातावरण बन्छ भने त्यो प्रकारको कारबाही दिन पनि सरकार राजी हुनुपर्ने सम्मको संकेत गरिन् । 'वि क्यान गीभ डेथ पेनाल्टी, त्यसबाट पनि मान्छेहरु झस्किन्छन कि ?' प्रियंका बोलिन् । त्यस्तै अभिनेत्री ऋचाले पनि कानुन नै शसक्त नभएसम्म यो प्रकारको घटना घटिरहने भन्दै समस्या समाधानको लागी कानुन नै बलियो हुनपर्ने धारणा राखिन् ।    आफुहरुले सुरु गरेको अभियान प्रभावकारी बन्नेमा उनिहरुको आशा छ ।
 
भिडियोः