मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋतिकसँग रोमान्स गर्न यमी तयार

एजेन्सी, मुम्बई, 2016/02/08
बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री यमी गौतमको जोडी वाधिने भएको छ । अविवाहित यमी र डिभोर्सी ऋतिकको जोडी फिल्मी पर्दामा वाधिन लागेको हो ।
 
फिल्म 'काविल'का लागि यो जोडीलाई अनुवन्धित गरिएको आधिकारिक जानकारी फिल्मका निर्माताले दिएका छन् । फिल्म काविललाई ऋतिकका पिता राकेश रोशनले नै निर्माण गर्दैछन् । तर, यो फिल्मलाई राकेशले आफै निर्देशन भने गर्ने छैनन् । यसअघि राकेश रोशनले कृषको सिक्वेल बनाएर छोरा ऋतिकको करिअर चम्काएका थिए ।
 
फिल्मलाई संजय गुप्ताले निर्देशन गर्ने  पक्का भएको छ । फिल्मको छायांकन मार्च महिनादेखि सुरु हुनेछ । छायांकन सुरु भएको करिब ९० दिनमा सकिने बताइएको छ । अभिनेता ऋतिक रोशन र यमी गौतमले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।