Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा पनि अब्बल पशुपती शर्मा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/07
पशुपती शर्मा पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नाम हो । यी स्टार गायकका हालस्म सार्वजनिक सबैजसो गीत हिट छन् भन्दा फरक पर्दैन् । तर नेपाली फिल्ममा लोकगीतले खासै स्थान नपाउने कारण फिल्मसँग जोडिएर सुगम संगीतको जति चर्चा लोकगीतको हुँदैन् । यो बीचमा रिलिजको संघारमा रहेको फिल्म 'प्रेमगीत'मा समावेश लोकगीत बाहिरिएको छ । जहाँ उनै पशुपती शर्माको मिठासपुर्ण स्वर समावेश छ । 
 
पशुपती शर्मा र पुर्णकला बिसीले स्वर दिएको गीतका शब्द तत्काल मनमा बस्ने खालका छन् । फिल्मी गीतमा पनि पशुपती अब्बल देखिएका छन् । त्यसो त यसअघि नै अडियोमा सार्वजनिक यो गीत धेरैको मनमा बसिसक्दा सार्वजनिक भिडियोमा लिड कलाकार पूजा शर्मा लगायत फिचरिङमा छन् । गीतको शब्द यादव लम्सालको हो भने संगीत अर्जुन पोखरेलको छ ।
 
सुदर्शन थापाको निर्देशन तथा सन्तोष सेनको लगानीमा तयार यो फिल्म यही शुक्रबार अर्थात माघ २९ मा रिलिज हुँदैछ । फिल्ममा पूजासँगै प्रदिप खड्का लिड रोलमा छन् ।
 
हेर्नुहोस भिडियोः
 
Most Visited News (monthly)