मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लालजोडी'मा कमेडियनको बर्चस्व, नक्कली बाबुरामको रजनीसँग रोमान्स

फिल्मीखबर, काठमाडौं, 2016/02/07
टेलिफिल्म 'मेरी बास्सै' र 'तितो सत्य'मा नेता डाक्टर बाबुराम भट्टराइको क्यारिकेचर गर्दै चर्चामा आएका कलाकार ज्योती काफ्ले अब एक फिल्मको मुख्य अभिनेता भएका छन् । पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा छायांकन सुरु भएको फिल्म लालजोडीमा ज्योती काफ्ले मुख्य भूमिकामा छन् । उनलाई अभिनेत्रीद्धय रजनी केसी र आयुष्मा कार्कीले साथ दिएका छन् ।
 
फिल्म भित्र सुवेदीले कमेडियनहरुको बाहुल्यता बनाएका छन् । फिल्ममा पुरना थापा, वुद्धी तामाङ, गोविन्द कोइराला, सीपी पौडेल, किशोर भन्डारी, शिव शंकर जोगिन्दर, यादव पुडासैनी, मधुसुदन पाठक पनि देखिनेछन् । केही कलाकार कमेडी सिरियल भद्रगोलका कारण पनि हिट छन् ।
 
फिल्ममा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी रहने पक्का छ । फिल्मको छायांकन एक महिना लगाएर काठमाण्डौ वरपर गर्ने निर्देशक सुवेदीले बताए ।