मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सविनले 'खुर्पा' बोकेर खोज्दा कहाँ गएकी थिईन् सुष्मा ?

फिल्मीखबर, काठमाडौं, 2016/02/07
निर्माण सम्पन्न भएर प्रदर्शनको लागी तयार भएको फिल्म ‘खुर्पा’को निर्माण टिमले राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै प्रचार प्रसारको सुरुवात गरको छ । फागुन १४ लाई रिलिज मिति तोक्दै एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा गीत सार्वजनिक गरियो ।
 
लिड अभिनेता सविन श्रेष्ठ उपस्थित कार्यक्रममा अभिनेत्री सुष्मा अधिकारी भने उपस्थित भईनन् । कार्यक्रमभर निर्माण टिमले सुष्मा किन आईनन् केहि कुरा खुलाएन् । तर रिलिज हुन बाँकी फिल्ममा यसअघिका भेटघाटमा निर्धक्क 'खुर्पा'को नाम लिने गरेकी सुष्मा नआउनु रहस्यको बिषय बनेको छ ।
 
 निर्माण टिमले वास्ता नगरेर उनी आईनन् या आफ्नै व्यस्तताले आईनन् त्यो सुष्मा नै जानुन तर मिडियामा पछिल्लो समय कम चर्चामा रहेकी सुष्मा रिलिजको संघारमा रहेको फिल्मको कार्यक्रममा नै उपस्थित नहुँदा घाटा उनलाई नै हुनसक्छ ।
 
यो फिल्ममा सविन र सुष्मासँगै  पुष्पा लिम्बु, रोशन श्रेष्ठ, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लगायतको अभिनय छ । फिल्मलाई हस्त लिवाङ्गको लगानीमा किशोर सुब्बाले निर्देशन गरेका हुन् ।