सम्पुर्ण छायांकन बेल्जियममा गरिएको फिल्म 'नमस्ते नेपाल'को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । निर्माणको करिब डेढ बर्षपछि फिल्म रिलिजको छनक देखाउँदै निर्माण युनिटले ट्रेलर तथा सांगितक सामग्री सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा लिड कलाकार सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्ड लगायत फिचरिङमा छन् । प्रेम, द्वन्द्व तथा सस्पेन्सको समिश्रण रहेको ट्रेलर तथा मनमोहक दृश्य समावेश सार्वजनिक गीत दर्शकले रोज्ने तथा खोज्ने खालका छन् । फिल्मलाई राजु शाहले निर्देशक गरेका हुन् ।
द्वारिका उदय प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी छ । फिल्मको कथा पनि निर्देशक शाहको नै हो । फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ भने बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत छ । चन्द्र पन्तको द्वन्द्व समावेश 'नमस्ते नेपाल'मा राजु शाहसँग गोपाल ढकाल 'छन्दे'ले पटकथा तथा संवादमा सहकार्य गरेका छन् ।
यो फिल्ममा नेपालमा असार साउनको छेकोमा रिलिज हुने निर्देशक शाहले बताए । यो भन्दा पहिले 'नमस्ते नेपाल'को प्रिमियर तथा अन्य शो हरु विदेशमा हुनेछन् । नेपाली राष्ट्रियता झल्केको भनिएको यो फिल्मको सार्वजनिक ट्रेलरमा पनि राष्ट्रभक्तिका केहि संवाद तथा ट्रेलरहरु समावेश छन् ।
ट्रेलर हेर्नुहोसः

