एक समय 'मेरो एउटा साथी छ' फिल्मको एक टिम अहिले बेग्लैबेग्लै तीन फिल्मबाट प्रतिस्पर्धामा छ । माघ २९ अर्थात यो शुक्रबार तिन फिल्मबीच प्रतिस्पर्धा हुँदै गर्दा उक्त फिल्मका निर्देशक, कथाकार तथा अभिनेता एक आपसमा प्रतिष्ठा तथा बिजनेशको लडाईं गर्दैछन् ।
'मेरो एउटा साथी छ' निर्देशक सुदर्शन थापा 'प्रेमगीत' , सोही फिल्मका कथाकार प्रदिप भारद्वाज 'चलेछ बतास सुस्तरी' तथा अभिनेता आर्यन सिग्देल निर्माता तथा कलाकार सहित 'क्लासिक' नामक छुट्टाछुट्टै फिल्मबाट आउँदै गर्दा निर्देशक सुदर्शनसँग फिल्मीखबरले गरेको कुराकानीमा उनले तीन फिल्म जसले राम्रो बिजनेश गर्दा पनि पैसा आफ्नै घरमा जाने प्रतिक्रिया दिएका छन् ।
त्रिपक्षिय भिडन्तमा कुनै बेलाको टिम आफै-आफै भिड्दै हुनुन्छ नी भन्ने प्रश्नमा उनले भने, 'एक समयका हामी एउटै घरमा निर्माता, निर्देशक तथा कलाकार थियौँ, परिस्थितिबस अहिले भिड्नुपरे पनि दर्शकले जुन फिल्मलाई रोजेर सफल बनाएपनि पैसा घरमै आउँछ बाहिर जाने छैन्।' यो कुराले सबैसँग सम्बन्ध राम्रो बनाउन पनि सुदर्शनलाई राम्रो फाईदा पुगेको छ ।
त्यस्तै सुदर्शनले 'प्रेमगीत' हरेकजसो दर्शकको जीवन भोगाईको कथा भएको भन्दै, प्रत्येक पुरुष तथा महिला दर्शकले फिल्ममा आफुलाई प्रेम र गीतको रुपमा पाउने बताए । गीत संगीतले बनाएको हाईपलाई फिल्मको एउटा पाटोबाट सफलता मिलिसकेको भन्दै हलमा आएपछि पनि दर्शकको उत्तिकै साथ पाउने विश्वास व्यक्त गरे ।
हेर्नुहोस भिडियो कुराकानीः

