मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउडमा रोमान्स गर्दै रेश

फिल्मीखबर, काठमाडौं, 2016/02/09

दुई महिना अघिदेखि नै बलिउडमा जाने चर्चा चलेसँगै अन्ततः नायक रेश मरहट्ठा बलिउड फिल्ममा अभिनय गर्दैछन् । उनको बलिउड जाने चर्चा भने पहिलेदेखि नै चलेको थियो । नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको सायद यो नै पहिलो पटक हो । हिन्दी फिल्म 'पारानर्मल' मा उनको मुख्य भूमिका रहेको छ । 

 

उक्त फिल्मको सुटिङका लागि उनी एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा छन् । सा‌केतन फिल्म्स प्रा.लिको ब्यानरमा बनिरहेको फिल्म पारानर्मलमा रेशका अलावा राजवीर सिंह, प्रीत कमल, नीता सेट्टी, चन्दन रोय, सोनाली राउत र डेन्जिल स्मिथ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

 

यो ब्यानरले यसअघि गदर, अपने, बीर जस्ता बलिउडका चर्चित फिल्म निर्माण गरिसकेको छ । नयाँ बन्न लागेको यो फिल्म हरर र एक्सन थ्रिलर हुने जनाइएको छ । फिल्मको निर्देशन सञ्जय शर्माले गरेका छन् । उक्त फिल्म यसै वर्षको अन्त्य तिर हुने बताइएको छ ।  

 

'नेपाली चलचित्रमा लामो समय भयो अभिनय नगरेको तर अचानक बलिउड फिल्ममा अफर आउँदा निकै खुसी लाग्यो, नायक रेशले भने, “एकदिन बलिउड जान्छु भन्ने आत्मविश्वास थियो तर आज सपना पुरा भयो,'रेशले भने, अब मेरो संघर्षको यात्रा बलिउड तिर पनि हुनेछ । अंग्रेजी र नेपाली गरी विभिन्न भाषामा डबिङ भई रिलिज हुने तयारीमा रहेको नायक रेशको चलचित्र 'नेशनल ट्रेजरः द ब्लड रन' फिल्म पनि सञ्जय शर्माले नै निर्देशन गरेका हुन् ।

 

यसअघि हलिउड फिल्म 'इन्डेन्जर्ड'मा समेत रेशले मुख्य भूमिका निभाएका थिए । नेपाली चलचित्र 'पिंजडा', 'चाहन्छु म तिमीलाई नै', 'काठमाण्डु', 'मेरो जीवन साथी', 'मिसन पैसा रिलोडेड' जस्ता चलचित्र रेशका सफल चलचित्र हुन् ।