मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दृष्टिबिहिन आर्यन–नम्रतालाई सबैले हेर्न सक्ने

फिल्मीखबर, काठमाडौं, 2016/02/09

आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म ‘क्लासिक’मा यी दुई कलाकार र उनीहरुको कामलाई हेर्न कुनै पनि वर्गका दर्शकलाई रोकतोक नलाग्ने भएको छ ।


ठ्याक्कै २ घन्टाको फिल्म क्लासिकलाई सोमबार चलचित्र सेन्सर बोर्डले यू सर्टिफिकेट दिएको निर्माता सुवास गिरीले जानकारी दिएका छन् । फिल्म हेर्दा सेन्सर बोर्डका महिला सदस्यहरु बढी भावूक बनेका थिए । पुरुष सदस्यहरुले पनि फिल्मले मन छोएको प्रतिक्रिया दिएको सुवासको भनाई छ ।


माघ २९ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । आर्यन सिग्देल इन्टरटेन्मेन्ट र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मले दृष्टिबिहिन २ पात्रको कथालाई उठाएको छ । फिल्मको कथावस्तुले मानिसलाई भावूक बनाउने र मन छुने विश्वास यसका निर्देशकको छ ।