मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कपिलको 'कमेडी नाईट्स'का सबै भिडियो गायब !

एजेन्सी, मुम्बई, 2016/02/12
अभिनेता कपिल शर्माले सञ्चालन गर्दै आएको भारतको चर्चित टेलिभिजन कार्यक्रम 'कमेडी नाईट्स विथ कपिल' बन्द त भयो तर यसको चर्चा भने बन्द भएको छैन् । यो कार्यक्रमबाटनै उदाएका कपिलले फिल्म पनि खेले । राम्रो फ्यान फलोईङ पनि बटुले । तर अन्त्यमा कलर्स टिभीबाट उनको कार्यक्रम नै हटेपछि दर्शक भने केहि निराश बने । 
 
तर उनी अर्को च्यानल सोनीबाट आउँदै गरेको खबर बाहिरिएक केहि दिनमा नै नयाँ समाचार आएको छ कि, कपिलको शो मा सबै भिडियो युट्युवबाट पनि हटाईएको छ । कलर्स च्यानलले उनको कार्यक्रमको सबै भिडियो डिलिट गरको समाचार बलिउड मिडियाले लेखेका छन् ।
 
यसको कारण नखुलाईए पनि दुई पक्षबीचको मनमुटाव लाई मानिएको छ । कपिल र कलर्स च्यानलबीचको पैसा लेनदेनको लफडाका कारण उनको कार्यक्रम नै हटेको थियो । कलर्स च्यानल प्रमुखले कपिललाई आफुहरुले ठुलोस्पेस दिएपनि अन्तिममा कपिलले त्यो सबै गुण बिर्सेर दोब्बर तलब समेत माग्न थालेको प्रतिक्रिया दिएका थिए ।