मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.71/5.00)
Text size:-
+
-

प्रेम पीडामा परेकाहरुले हेर्नुपर्ने 'क्लासिक'

फिल्मीखबर, काठमाडौं, 2016/02/12
फिल्म 'क्लासिक' को शुक्रबार बिहान राजधानीमा प्रेस शो गरिएको छ । कुमारी हलमा आयोजित शो मा सञ्चारकर्मीहरुले फिल्म युनिटसँगै बसेर फिल्म हेरे । लिड कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ तथा निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत लगायत केहि फिल्मकर्मीहरु शो मा उपस्थित थिए ।
 
नम्रता श्रेष्ठ भने प्रेमीसँगै देखिईन् । प्रेमीसँगै बसेर फिल्म हेरेकी उनले बाहिरिँदा पनि हात समाएर नै हल बाट निस्केकी थिईन् । फिल्म हेरिसकेपछि दर्शकबाट 'क्लासिक'ले सुखद प्रतिक्रिया पाएको छ । नम्रता र आर्यनको उत्कृष्ट अभिनयको तारिफ धेरैले गरे । 
 
हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले प्रेम पीडामा परेका जोडीहरुले हेर्नैपर्ने फिल्म भन्दै नम्रताको अभिनयको खुलेर प्रशंसा गरे । त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सान्तिप्रियले पनि मनोरञ्जनको एक राम्रो खुराक क्लासिक भन्दै कलाकारको अभिनय तथा मेकिङको हिसाबले फिल्म उच्च कोटीको बनेको तर्क गरे । 
 
प्रतिक्रियाबाट उत्साहित आर्यनले पनि फिल्मलाई हलमा दर्शकको राम्रो साथ मिल्ने आशा व्यक्त गरे । फिल्म हेर्दा सांगितिक रुपमा तथा पात्रगत रुपमा अनि निर्देशकले गरेको कामलाई घब्बल दर्जामा राक्न सकिन्छ । शुक्रबारको बिहानी बिजनेसमा फिल्मले राम्रो विजनेश गरेको छ ।