मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मित्रताको त्रिकोणात्मक भिडन्त | आर्यन, सुदर्शन र प्रदीप थिए साथी

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/02/12
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली फिल्म रिलिज भएका छन् । बहु प्रतिच्छित मानिएका तीन फिल्म 'प्रेमगीत', 'क्लासिक' र 'चलेछ बतास सुस्तरी' एकसाथ प्रदर्शनमा आएका हुन् । रोमाञ्चक कुरा के छ भने तीन फिल्मको नै जनरा एक हो । 
 
 
लभस्टोरी जनराका यी तीन फिल्मको भिडन्त पनि रोमाञ्चक हुने अपेक्षा छ । प्रचार प्रचारमा व्यापकता दिएका 'क्लासिक' र 'प्रेमगीत' तथा दुई फिल्म भन्दा पनि आफुलाई अब्बल दाबी गर्दै प्रतिस्पर्धाको लागी तयार भएको चलेछ बतासबीचको भिडन्त खास हुने अनुमान छ ।
 
'क्लासिक'
दिनेश राउत निर्देशित यो फिल्ममा सुवास गिरी र आर्यन सिग्देलको लगानी छ । दृष्टिबिहिनको प्रेमकथा बोल्ने फिल्मलाई सेन्टिमेन्टल दर्जामा राखिएको छ । फिल्म हेर्दा दर्शकको आँखा समय समयमा रसाउन सक्छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ लिड रोलमा रहेको फिल्म काठमाडौ सहित मोफसलका ५० बराबर हलबाट एकसाथ दर्शकमाझ आएको हो ।
 
'प्रेमगीत'
सुदर्शन थापा निर्देशित यो फिल्मको गीत संगीत हिट भईसकेको छ । जसको फाईदा दर्शकको साथले हलमा देखिनसक्छ । सन्तोष सेन निर्माता रहेको फिल्ममा प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन् । फिल्मको कथा प्रेममा आउने पारिवारिक अबरोध र त्यसपछि उत्पन्न परिस्थितीको सेरोफेरोमा फिल्मको कथा घुमेको छ । यो फिल्म पनि देशभरका ४० बढी हलमा एकसाथ प्रदर्शनमा आएको बताईएको छ ।
 
'चलेछ बतास सुस्तरी'
स्कृप्ट लेखक प्रदिप भारद्वाजको निर्माणमा तयार भएको यो फिल्मलाई सबु सुवेदी त अनिला खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रमोद भारद्वाज र सुष्मा कार्की लिड रोलमा छन् । यो फिल्मको कथा पनि लभस्टोरी नै हो । फिल्मले अन्य दुई फिल्मको तुलनामा हल कम पाएको छ । यद्धपी निर्माण युनिट अन्य फिल्म भन्दा आफ्नो फिल्म उत्कृष्ट रहेको ठोकुवा गर्दै आएको छ ।
 

त्यसो त उल्लेखित तीन फिल्मको भिडन्तको पछाडि अर्को रोमाञ्चक कुरा के छ भने तीन फिल्मसँगै जोडिएका मुख्य मान्छे एक समयका साथी हुन् । फिल्म 'मेरो एउटा साथी'को समयमा सुदर्शन थापा निर्देशक थिए भने आर्यन सिग्देल लिड अभिनेता हुँदा प्रदिप भारद्वाज उक्त फिल्मको कथा लेखक थिए । त्यसैले पनि एक समयको टिम अहिले त्रिपक्षिय भिडन्तमा हुँदा कसको पल्लाभारी हुने अनुमान नै लगाउन गार्हो छ ।