मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

यस्तो छ शुक्रबार रिलिज फिल्मको सुरुवाती बिजनेस

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/02/12
शुक्रबार रिलिज फिल्मले पहिलो दिनको सुरुवाती शो मा दर्शकको कस्तो साथ पाए त ? फिल्मकर्मी तथा फिल्म शुभचिन्तकहरुको लागी धेरै कौतुहलताको विषय हो । तीन फिल्म 'क्लासिक', 'प्रेमगीत' र 'चलेछ बतास सुस्तरी' एकसाथ रिलिज हुँदैगर्दा दर्शक बाँडिनु स्वभाविक भए पनि भिडन्त रोमाञ्चक बनेको छ । 
 
 
शुक्रबारको बिहानी तथा दिवा शो मा फिल्म 'क्लासिक'को अकुपेन्सी अन्य दुई फिल्मको तुलनामा केहि माथी छ । कुनै पनि फिल्मले काठमाडौं र मोफसलमा हाउसफूल बिजनेस गर्न सकेका छैनन् । तर अकुपेन्सीमा 'क्लासिक' माथी पाईएको छ । यो फिल्मको अकुपेन्सी ५० प्रतिशत आसपास छ । फिल्मले शुक्रबार बिहान गरेको प्रेस शो बाट राम्रो प्रतिक्रिया भेटेको छ । दिनेश राउत निर्देशित फिल्ममा नम्रता श्रेष्ठ र आर्यन सिग्देल लिड रोलमा छन् ।
 
त्यस्तै 'प्रेमगीत'को अकुपेन्सी ४५ प्रतिशत पाईएको छ । प्रिमियरबाट उच्च प्रतिक्रिया पाएको यो फिल्मले दर्शक होड गर्न सक्ने सामर्थ्य बोकेको छ । शनिबार तथा भ्यालेन्टाईनको दिन (आईतबार) फिल्म प्रति दर्शकको क्रेज थप बढ्ने आशा निर्माण युनिटको छ । सुदर्शन थापा निर्देशित फिल्ममा प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन् ।
 
त्यस्तै 'चलेछ बतास सुस्तरी'को बिजनेश पनि सुस्त गतिमा बढिरहेको छ । 'क्लासिक' र 'प्रेमगीत'को हल कब्जाको कारण दर्जन जति मात्र हलमा रिलिज भएको यो फिल्मको अकुपेन्सी ३० प्रतिशत आसपास पाईएको छ । फिल्म हेर्ने दर्शकको प्रतिक्रिया यो समाचार तयार हुन्जेल प्राप्त छैन् । यद्धपी माउथ पब्लिसिटीमा अन्य फिल्म भन्दा आफुहरु माथी हुने निर्माण युनिटको दाबी छ । प्रदिप भारद्वाजले बनाएको यो फिल्ममा सुष्मा कार्की र प्रमोद भारद्वाज लिड रोलमा छन् ।