Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`प्रेमगीत` प्रिमियरः फिल्म हेरेपछि कसको प्रतिक्रिया कस्तो ?

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/02/11
यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेमगीत'को बुधबार राजधानीमा भब्य प्रिमियर गरियो । टेलिभिजन लाईभ सहित सम्पन्न प्रिमियरमा कलाकर्मीको रेड कार्पेट फेशन स्टेट्मेन्टले राम्रो चर्चा त पायो नै फिल्म हेरिसकेपछि पनि धेरैले मन छोएको बोले । 
 
उच्च मेकिङ क्वालिटी, सिनेमाटोग्राफी, लोकेशन, अभिनेता प्रदिप खड्काको अभिनय सँगै निर्देशकिय पाटोबाट पनि फिल्मले राम्रो तारिफ भेट्यो । फिल्म हेर्ने सबैजसो दर्शकबाट 'प्रेमगीत' युनिटले तारिफका शब्दहरु भेट्यो । धेरैले निर्देशक सुदर्शन थापा 'मेरो एउटा साथी छ' पछि दर्शकले खोज्ने र रोज्ने प्रकारको लभस्टोरी बेसको फिल्ममा फर्केको बताए ।
 
निर्देशक आकाश अधिकारीले फिल्म हेरिसकेपछि प्रेम गर्नेहरुको कथा बोलेको फिल्मलाई पुर्ण मनोरञ्जनको कोशेली भने । त्यस्तै यो भ्यालेन्टाईनलाई 'प्रेमगीत'ले सांच्चिकै प्रेममय बनाउने भन्दै अभिनेत्री तथा निर्मात्री झरना थापाले आफुलाई रुन बाध्य पारेको प्रतिक्रिया दिईन् ।
 
फिल्म हेरिसकेपछि निकै उत्साहित देखिएका हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले पनि धेरैपछि लभस्टोरी फ्लेभरको राम्रो फिल्म हेरेको भन्दै निर्देशक, कलाकार तथा सिनेमाटोग्राफीको खुलेर तारिफ गरे । 
 
त्यस्तै अभिनेत्री निशा अधिकारीले सुन्दर लोकेशनमा खिचिएको एक सुन्दर दृश्यको पुर्ण प्याकेज भन्दै भोली नै मुस्ताङ जाउँ-जाउँ लागेको बोलिन् । कास्टिङलाई अप्रत्यासित भनेकी निशाले हलमा रहुन्जेल आँखा घुमाउने अबसर नै नपाएको प्रतिक्रिया दिईन् ।
 
अर्की अभिनेत्री रिमा विश्वकर्माले पनि 'प्रेमगीत'ले मन छोएको र फिल्म हेर्दा धेरै पटक रोएको भन्दै प्रेम गर्नेहरुको लागी 'प्रेमगीत' नहेरी नहुने फिल्म बनेको बताईन् । प्रिमियरमा फिल्म हेर्ने धेरै दर्शकले फिल्मको तथा निर्माण युनिटदेखि कलाकारसम्मको खुलेर प्रशंशा गरे ।
 
'प्रेमगीत'ले एउटा संभावना बोकेको अभिनेता जन्माएको भन्दै प्रदिप खड्काको अभिनय कलाले उत्तिकै प्रशंशा भेट्यो । त्यस्तै अभिनेत्री पूजा शर्मा पनि अन्य फिल्मको तुलनामा यो फिल्ममा केहि बोल्ड अभिनयमा देखिएकी छिन् । दर्शक प्रतिक्रियाबाट कलाकारदेखी निर्माता निर्देशक निकै उत्साहित देखिन्थे ।
 
'हामीले फिल्मबाट जे आशा गरेका थियौं प्रिमियरपछि पाएको प्रतिक्रियाबाट त्यो पुरा भएको अनुभुती भएको छ, हर्षित मुद्रामा देखिएका निर्देशक थापाले भने  'शुक्रबार रिलिजपछि दर्शकबाट पनि यो प्रकारको प्रतिक्रिया र साथ पाउने पुर्ण विश्वास छ ।' उता निर्माता सन्तोष सेन पनि मख्ख देखिए । आफ्नो लगानीले सार्थकता पाउने आशा बोकेका उनी यो फिल्मले सफलता पाउँदै गर्दा अर्को फिल्मको निर्माण घोषणा गर्ने तयारीमा जुटेका छन् ।
 
सांगितिक रुपमा यसअघि नै शसक्त ठहरिईसकेको यो फिल्मको हाईप उच्च छ । फिल्म राम्रो बनेको आत्मविश्वास सहित नै निर्माण युनिटले रिलिजको दुई दिन पहिले नै प्रिमियर गरेको थियो ।
 
भिडियोमा हेर्नुहोस रेड कार्पेट प्रिमियर माहोलः
 
Most Visited News (monthly)