मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`प्रेमगीत` र `क्लासिक` देशैभर हाउसफुल | भिडियोमा हेर्नुस् दर्शकको क्रेज

फिल्मीखबर, काठमाडौं, 2016/02/13
शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये 'प्रेमगीत' र 'क्लासिक'ले शनिबार दर्शकको राम्रो साथ पाएका छन् । काठमाडौं सहित मोफसलमा अधिकांश हलमा दर्शक उर्लिए । दुबै फिल्मले बिहानी तथा दिवा शो मा हाउसफुल बिजनेश गर्दा सांझको शो मा पनि दर्शकले उत्तिकै साथ दिएका छन् ।
 
 
फिल्मीखबरकर्मी राजधानीमा केहि हलमा पुग्दा व्यापक प्रचार प्रसारका बीच प्रदर्शनमा आएका यी दुई फिल्मप्रति दर्शकको उच्च चाप देखियो । अष्टनारायण, गोपिकृष्ण, गुण सिनेमा लगायतका हलमा दर्शक थेगिनसक्नु देखिए । दुबै फिल्मका निर्माता निर्देशक तथा कलाकारहरु हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिँदा सबैजसो दर्शकले उत्कृष्ट फिल्म बोले ।
 
 
गोपिकृष्ण हलमा अभिनेता आर्यन सिग्देललाई तथा अष्टनारायण हलमा प्रेमगीत अभिनेता प्रदिप खड्कालाई दर्शकले बोकेर वाही वाही र बधाई दिए । 'प्रेमगीत'ले अष्टनारायण हलमा १ हजार बढी दर्शक क्षमता बोकेको ठुलो हलमा बिहानी तथा दिवा शो मा हाउसफुल रुपमा दर्शकको साथ पायो भने 'क्लासिक'ले गोपिकृष्णको ठुलो मध्येको एक हल 'कृष्ण' मा दिनभरी हाउसफुल बिजनेश गर्यो ।
 
बिहान दर्शकको चाप बढेसँगै गोपिकृष्णको २ सय २१ दर्शक क्षमता भएको हलमा लागेको 'प्रेमगीत'लाई अन्य हल थप्दै एकसाथ तीन हलमा लगाउँदा पनि हाउसफुल बन्यो भने क्लासिकले पनि गोपीकृष्णको ठुलो हल हाउसफुल भएपछि अर्को हल लियो । 
 
दुबै फिल्ममा दर्शकको चाप बढेर टिकट बुक भएपछि ओभर फ्लो दर्शक हुँदा हिन्दी फिल्म 'फितुर'ले दर्शक बटुल्ने अबसर पाएपनि मल्टिप्लेक्स बाहेकका हरेकजसो हलमा नेपाली फिल्मले नै दर्शक होल्ड गर्ने सामर्थ्य राखे । मल्टिप्लेक्समा पनि दुबै नेपाली फिल्मको बिजनेश उच्च छ । 'वर्ड अफ माउथ'को हाईप राम्रो हुँदैगर्दा 'प्रेमगीत' र 'क्लासिक' दुबै फिल्मको निर्माण टिम आईतबारबाट दर्शकको साथ थप बढ्ने अपेक्षामा छ ।
 

 
सांगितिक रुपमा सशक्त दुबै फिल्म मोफसलका मुख्य स्टेशन चितवन, पोखरा, धरान, हेटौँडा, बुटवल लगायतका धेरै ठाउँमा शनिबार हाउसफुल बिजनेश गर्न सफल भएका छन् । दिनेश राउत निर्देशित क्लासिकलाई सुबास गिरीको लगानी रहँदा लिड अभिनयमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ छन् भने सन्तोष सेनको लगानीमा सुदर्शन थापाले निर्देशन गरेको 'प्रेमगीत'मा पूजा शर्मा र प्रदिप खड्का लिड रोलमा छन् ।