मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माउथ पब्लिसिटीले दर्शक बढ्ने `चलेछ बतास सुस्तरी`को आशा

फिल्मीखबर, काठमाडौं, 2016/02/13
यो हप्ता प्रदर्शनमा आएका तीन फिल्म मध्ये दुई फिल्मको बिजनेश आक्रामक रहँदा अर्को फिल्म 'चलेछ बतास सुस्तरी'ले भने हल पनि धेरै पाउन सकेन् । काठमाडौं तथा मोफसलका गरेर एक दर्जन जति मात्रै हलमा प्रदर्शनमा आएक यो फिल्ममा दर्शकको साथ मध्यम छ ।
 
निर्माण युनिट भने आफुहरुले ईनिसियल बिजनेशको आशा पहिले पनि नगरेको भन्दै वर्ड अफ माउथका कारण दर्शक थपिने आशा व्यक्त गरेको छ । 'अन्य दुई फिल्मले जस्तो प्रचार पनि हामीले गर्न सकेनौं, उनीहरुले जस्तो पैसा खर्च गर्न सकिएन्, त्यसको प्रभाव हलमा देखिएको ज्ञात छ, निर्माता भन्छन्, 'आईथबार, सोमबार देखी दर्शकको साथ बढ्नेमा आशावादी छौं।' नेपाली दर्शकले खोजेजस्तो फिल्म बनेको  दाबी  निर्माता  र निर्देशकको छ ।
 
वितरक सुनिल मानन्धर पनि फिल्मले राम्रो बिजनेश नगरेको स्विकार गरेका छन् । दुई फिल्मको चेपुवामा परेको कारण फिल्मको प्रचार पनि नाम जोडिंदा मात्र आएको छ । अनिल खड्का र सबु सुबेदी निर्देशित फिल्ममा स्कृप्ट लेखक प्रदिप भारद्वाजको लगानी छ । फिल्ममा सुष्मा कार्की र प्रमोद भारद्वाज लिड रोलमा छन् ।