मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

बाहिरियो 'प्रेमगीत' र 'क्लासिक'को दुई दिने कलेक्शन

फिल्मीखबर, काठमाडौं, 2016/02/14
शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म 'प्रेमगीत' र 'क्लासिक'को दुई दिनको कलेक्शन सार्वजनिक भएको छ । बितरक कम्पनि तथा निर्माण युनिटले दिएको जानकारी अनुसार यी दुई फिल्मको कलेक्शन शुक्रबार भन्दा शनिबार झण्डै तेब्बर राम्रो छ । अर्को फिल्म 'चलेछ बतास सुस्तरी'को भने कलेक्शन प्राप्त छैन् ।
 
वितरक कम्पनि एफडी तथा आर आर फिल्मस् ले दिएको जानकारी अनुसार सुदर्शन थापा निर्देशित लभस्टोरी फिल्म 'प्रेमगीत'ले दुई दिनमा ६९ लाखको ग्रस बिजनेश गरेको छ । काठमाडौं र मोफसलमा गरेर फिल्मले पहिलो दिन १८ लाख र शनिबार ५१ लाखको कलेक्शन गरेको दाबी वितरकको छ । शनिबार फिल्मले हाउसफुल बिजनेश गरेको थियो । 
 
त्यस्तै दिनेश राउत निर्देशित अर्को फिल्म 'क्लासिक'को दुई दिने बिजनेश ६६ लाख प्राप्त छ । निर्माण युनिटलाई उद्धृत गर्दै मिडिया संयोजक विजय आवाजले दिएको जानकारी अनुसार फिल्मले पहिलो दिन १८ लाख र दोश्रो दिन ४८ लाखको बिजनेश गरेको हो । यो फिल्मप्रति पनि शनिबार दर्शक क्रेज हलमा राम्रो देखियो ।
 
माउथ पब्लिसिटी उच्च रहेका दुबै फिल्मले आईतबार पनि भ्यालेन्टाईन डे पर्दैगर्दा दर्शकको साथ राम्रो पाउने अनुमान छ । फिल्म हेर्ने सबैले राम्रो भनेका छन् । दर्शकको साथ र कलेक्शनबाट दुबै फिल्म निर्माता उत्साहित छन् । 'प्रेमगीत' निर्माता सन्तोष सेनले लगानीले सार्थकता पाएको भन्दै यो प्रकारको माहोलले भोलीका दिनमा पनि फिल्म क्षेत्रका लगानी गर्न थप उत्साह मिलेको बताए । 
 
त्यस्तै 'क्लासिक' निर्माता सुबास गिरीले आफुले जहिले पनि दर्शकले रोज्ने प्रकारको कथा र फिल्ममा लगानी गर्दै आएको भन्दै फिल्मको बिजनेशबाट सन्तुष्ट गरेको फिल्मीखबरलाई बताए । अर्को प्रतिस्पर्धी फिल्म 'चलेछ बतास सुस्तरी'को बिजनेश रिपोर्ट भने प्राप्त छैन् । 'प्रेमगीत'मा पूजा शर्मा र प्रदिप खड्का तथा 'क्लासिक'मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ लिड रोलमा छन् ।
 
भिडियोमा हेर्नुहोस, हलमा उल्लेखित दुई फिल्म प्रति देखिएको दर्शक क्रेजः
 
 
नोटः बक्सअफिस रिपोर्ट फिल्मीखबरले आफ्नो सम्पर्क र श्रोतसँगै वितरक कम्पनिहरुको जानकारीका आधारमा तयार गरेको हो ।