मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`लप्पन ६प्पन` निर्माण घोषणा, निर्देशक बन्दै दिपा

फिल्मीखबर, काठमाडौं, 2016/02/13
हाँस्य कलाकार दिपाश्री निरौला निर्देशक रहने गरी दिपकराज गिरी तथा दिपाको टिमअपको नयाँ फिल्म 'लप्पन ६प्पन' निर्माण घोषणा गरिएको छ । सरस्वती पूजाको अबसर पारेर निर्माता रहेका दिपकले सामाजिक सञ्जालबाट यो कुराको सार्वजनिक गरेका हुन् । 
 
यो फिल्मबाट दिपाको निर्देशकिय यात्रा सुरु हुनेछ । अन्य निर्देशक राख्ने भनेर निर्माण घोषणा गर्न ढिलाई गरिए पनि अन्त्यमा कसैसँग कुरा नमिलेपछि दिपक दिपा आफ्नै टिमबाट फिल्म निर्माण निर्देशन गर्ने निर्णयमा पुगेका हुन् । श्रोतका अनुसार फिल्मको लागी बुद्धी तामाङ (हैट) लिड अभिनयको लागी फाईनल भएका छन् भने छायाँकनमा पुरुषोत्तम प्रधान रहनेछन् ।
 
निर्माणमा निर्मल शर्माले दिपकराजसँग साझेधारी गर्नेछन् । आमा सरस्वती मुभिज र गीतदेवी फिल्मस् को व्यानरमा 'लप्पन ६प्पन' बन्नेछ । यसअघि 'छ एकान छ' र 'वडा नम्वर छ' सफल भएपछि सानोपर्दाका चर्चित कलाकार दिपकदिपाको टिम नयाँ फिल्मको लागी तयारीमा जुटेको हो ।