मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दक्षिण भारतीय फ्लेभरमा 'जंगे'को कोरियोग्राफी | सुरजसिंहको यस्तो डान्स (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/02/14
बैशाख १७ बाट प्रदर्शनमा आउने फिल्म 'जंगे'को अफिसियल गीत सार्वजनिक भएको छ । गीत हेर्दा दक्षिण भारतिय फिल्मको कोरियोग्राफी झल्किन्छ । 'फास्ट ट्रयाक'को गीतमा अभिनेता सुरजसिंह ठकुरी र अभिनेत्री दीपशिखा शाही फिचरिङमा छिन् । 
 
'सलल जंगे बोलको गीतको भिडियोका केहि दृश्यहरु रोमान्टिक लाग्छन् । सार्वजनिक गीतमा अल्मोडा उप्रेतीको स्वर तथा संगीत छ भने गीतको शब्द मानस राजको हो । राजेन्द्रराज बाहकले कोरियोग्राफी गरेका छन् ।  उत्कल थापा निर्देशित यो फिल्ममा लगानी सिनेमाटोग्राफर सुशन प्रजापतिको छ । 
 
यो फिल्ममा पटकथा तथा संवाद सुवास कोईराला र एमएस अग्रजले लेखेका हुन् । 'जंगे'मा सुरजसिंह र दीपशिखासँगै ऋचा शर्मा, अनुप बराल, नरेश पौडेल, सुशांक मैनाली, प्रदिप ढकाल, सुशिलराज पाण्डे, जोएस पाण्डे, लगायतको अभिनय छ ।
 
भिडियोः