मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कट्रिनाले स्विकारिन् सलमानसँगको सम्बन्ध

एजेन्सी, मुम्बई, 2016/02/14
बलिउड अभिनेत्री कट्रिना कैफ पछिल्लो सात बर्षयता अभिनेता रणविर कपुरसँग रिलेशनसिपमा थिईन् । तर केहि हप्ता पहिले यी दुईको ब्रेकअप भएको समाचार मिडियामा छाईरहँदा आईतबार परेको भ्यालेन्टाईनको दिन कट्रिनाले आजसम्म कहिल्यै भ्यालेन्टाईन नमनाएको बोलेकी छिन् । 
 
एक कार्यक्रममा सहभागी हुँदैगर्दा कट्रिनाले अर्को कुरा पनि स्विकारेकी छिन् कि बलिउड स्टार सलमान खान उनका एक्स. व्वाईफ्रेण्ड थिए । मिडियामा सलमान र कट्रिनाको सम्बन्धलाई जोडेर धेरै समाचार आएपनि सलमानलाई बल्ल आएर कट्रिनाले पुर्व प्रेमी स्विकार गरेको बलिउड अनलाईनहरुले लेखेका छन् ।
 
पर्दामा जमेको जोडी सलमान र कट्रिनाको औपचारिक सम्बन्धको बारेमा यी दुबैजना मौन जस्तै थिए । हाँसो ठट्टा बाहेक खुलेर सम्बन्धको बारेमा बोलेका थिएनन् । कट्रिनाको पछिल्लो फिल्म 'फितुर' अहिले प्रदर्शनमा छ । फिल्मको बिजनेस भने औसत मात्रै छ ।