Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पहिलो दिन नै उत्रियो ऋचाको 'को आफ्नो'

फिल्मीखबर, काठमाडौं, 2016/02/19
पहिलो शो मै दर्शक नआएपछि ऋचा शर्मा अभिनित फिल्म 'को आफ्नो' केहि हलहरुबाट पहिलो दिन नै उत्रिएको छ । मल्टिप्लेक्स लक्षित भनिएको यो फिल्म हेर्न मल्टिप्लेक्समै दर्शक नआएपछि रिलिजको पहिलो दिन नै उत्रिएको हो । 
 
फिल्मको कुमारी हलमा बिहानको सो मा न्युन संख्यामा दर्शक देखिए भने दिउँसो पनि दर्शकको उल्लेख्य उपस्थिती नभएपछि शुक्रबार नै उतारिएको हल सञ्चालकले बताएका छन् । 'अन्य फिल्ममा ८० प्रतिशत बढि अकुपेन्सी छ तर फ्रेस रिलिज फिल्ममा नै १० प्रतिशत पनि अकुपेन्सी नदेखिएपछि हल ओगटेर फिल्म राख्न सकिएन्' हल सञ्चालकले भने । 
 
शुक्रबार बिग सिनेमामा पनि फिल्म हेर्न २० जना पनि दर्शक देखिएनन् । क्युएफएक्सले यो फिल्मलाई शुक्रबारबाट सो हटाएर सिभिल मलमा शनिबारको लागी जम्मा १ सो राखेको छ । यो फिल्मको ठाउँमा 'पशुपतिप्रसाद'लाई स्थान दिईएको छ ।
 
 अमेरिका प्रिमियरपछि अभिनेत्री ऋचाले निकै उत्कृष्ट फिल्म भन्दै दर्शकले साथ दिने आशा गरेकी थिईन् । तर उनको आशा तुहिएको छ । बर्षौसम्म अमेरिका बसेर सिधै फिल्म निर्देशनको लागी नेपाल आएर गरेको अनिल थापाको काम पनि सम्झिन लायक बनेन् । 
 
यस्तै काठमाडौं कै केहि सिंगल थिएटरबाट समेत यो फिल्म शुक्रबार नै उत्रिएको छ । फिल्मले अभिनेता सुवास थापा भनेरै हलमा आउने दर्शक नै नरहेको कुरा पनि प्रमाणित गरेको छ  । फिल्ममा सुवास र ऋचासँगै राजन खतिवडा लगायत लिड रोलमा छन् ।
Most Visited News (monthly)