Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15415 - 15420 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-12-22, मंगलवार

नयाँ बर्ष २०७३को छेकोमा प्रदर्शनमा आउने फिल्म ’रामप्यारी’को अफिसियल गीत रिलिज गरिएको छ । ‘अर्को जुनी’ बोलको सार्वजनिक गीतमा रेखा थापा र सविन श्रेष्ठ फिचरिङ छन् । गीतमा राजेशपायल राई र मनिषा पोखरेलको स्वर छ ।

फिल्मीखबर, काठमाडौं, 2015-12-22, मंगलवार

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की अहिले जापानमा छन् । जापानामा आयोजना भएको मह यात्रामा सहभागी हुन यी दुई कलाकार त्यहा पुगेका हुन् ।
 

फिल्मीखबर, काठमाडौं, 2015-12-22, मंगलवार

अभिनेत्री नीता ढुंगानाका लागि यतिबेला जम्मा २ कुरा महत्वपुर्ण छ । नीताका लागि महत्वपुर्ण २ कुरा मध्ये एक त हुन्, उनका प्रेमी आमेष भण्डारी । आमेष विना त अब नीताले कुनै पनि कुराको कल्पना गर्न छाडिसकिन् । नीतालाई लाग्छ, उनको जीवनमा आमेष सवथोक हुन् । उनी कार्यक्रममा पनि आमेषका साथमै पुग्छिन् भने प्राय समय उनीसँगै बिताउछिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-22, मंगलवार

डिसेम्बर २७ तारिखदेखि अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुन लागेको फिल्म ‘रातो घर’को ट्रेलर सार्वजनिक गरिएको छ । माङ्हिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा निकेश लिम्बु निर्मित फिल्मले कालो काम गर्नेको सेतो कथा बोल्नेछ ।  

फिल्मीखबर, काठमाडौं, 2015-12-21, सोमवार

गत बर्ष रिलिज फिल्म 'नोभम्वर रेन'बाट नेपाली फिल्ममा नयाँ अनुहारको आगमन भयो । फिल्म हिट भयो । त्यो नयाँ अनुहारले निभाएको 'डल्ली' नामको पात्र पनि हिट भयो । 'डल्ली'को अभिनयको तारिफ पनि धेरैले गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-12-21, सोमवार

राजेश हमाल महिला पात्रको भूमिकामा देखिँदा के होला ? अनुमान लगाउन पनि गार्हो हुनसक्छ । हो, सोमबार निर्माण घोषणा गरिएको महिला प्रधान भनिएको फिल्म 'शकुन्तला'मा हमालले पात्रको बारेमा उत्सुकतपूर्ण तर्क गरे । 

Results : 15415 - 15420 of 24018