शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री करिश्मा मानन्धर निर्मित फिल्म 'फागु'ले सुरुवातमा नै दर्शकको उल्लेख्य साथ पाउन सकेन । शुक्रबार प्रजातन्त्र दिवसको विदा परे पनि त्यो विदा काम लागेन । शनिवारको विहानी तथा दोश्रो शोमा पनि यो फिल्ममा दर्शक देखिएनन् ।

चावहिलको गोपिकृष्ण हलमा पुग्दा यस्तो अनौठो दृश्य बन्यो कि, करिश्मा मानन्धरदेखी निर्देशक सम्झना उप्रेतीको साथमा लिड अभिनेत्री शिल्पा पोखरेल र अभिनेता सुवास पराजुली हलमा पुग्दा दर्शकले त घेरिए तर तर सेल्फी र फोटोको लागी । करिश्माले हलको प्राङ्गणमा मिडियाकर्मीलाई अन्तर्वार्ता दिँदै गर्दा पृष्ठभुमीमा 'प्रेमगीत' प्रेमगीत'को नारा घन्किएपछि अन्तर्वार्ता नै रोक्नुपर्यो ।
.jpg)
दोश्रो हप्तामा प्रदर्शनरत फिल्म 'प्रेमगीत' र 'क्लासिक'मा दर्शक खनिँदा फ्रेस रिलिज फिल्म 'फागु'मा खासै दर्शक देखिएनन् । 'फागु' को टिकट काउण्टरमा दर्शक नदेखेपछि उपस्थित अन्य फिल्म हेर्न आएका दर्शकसँगै सेल्फी खिचेर करिश्माको टोली हलबाट बाहिरियो ।
उता 'प्रेमगीत'ले भने दोश्रो शनिबार पनि बिहानी शोमा हाउसफुल बिजनेश गरेको छ । त्यस्तै 'क्लासिक'मा पनि दर्शक राम्रो देखिए । काठमाडौंका अन्य हल तथा मोफसलमा पनि फ्रेस रिलिज फिल्म भन्दा अघिल्लो हप्ता रिलिज 'प्रेमगीत' र 'क्लासिक'मा दर्शक धेरै देखिएका छन् ।

