निधारमा टिका, नाकमा फुली, ओठमा लाली, हातमा चुरा, सारी र ब्लाउज अनि क्रोधित अनुहार । एउटा पूर्ण नारीको पहिरनमा अभिनेता राजेश हमालको पछिल्लो फिल्म 'शकुन्तला'को सार्वजनिक फस्टलुकमा उनको स्वरूप यस्तै देखिएको छ ।

पहिलो पटक नारी अवतारमा देखिएका हमालको प्रस्तुत फस्टलुकले उनको चरित्रलाई आकर्षित गरेको छ । दर्शकको लागी यो फस्टलुकले फिल्म हेर्ने इच्छा बढाउने देखिन्छ । फिल्ममा हमालले शकुन्तला नामको तेस्रोलिगीको भूमिका निर्वाह गरेका छन् ।
निर्देशक दिनेश श्रेष्ठले हमालले आफ्नो फिल्ममा तेश्रोलिङ्गीको भूमिका निर्वाह गरेको भएपनि उनको भूमिका र चरित्रको बारेमा केही बोलेनन् । फिल्मका प्रोमो र गीत सार्वजनिक भएपछि भने पक्कै थप रहस्य खुल्नेछ ।
फिल्ममा हमालसँगै किशोर खतिवडा र नायिका अनु शाह पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जेठ १४ गते रिलिज हुने भनिएको यो फिल्मलाई महेश्वर खत्री र श्रीप्सन खत्रीले निर्माण गरेका हुन् ।

