पोर्न स्टारको छबि बनाउन भन्दै संघर्ष गरिरहेकी किशोरी अर्चना पनेरु अहिले चर्चामा छिन् । कहिले उत्तेजक भिडियो त कहिले कामुकता छल्केको अनि बस्त्र विनाको फोटोसुट गरेर चर्चा र विवादमा आएकी अर्चना अब भने फिल्ममा पनि देखिने पक्का भएको छ ।
राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म 'जिस्म' मा उनी अनुबन्ध भएकी हुन् । 'जिस्म २' नाममा बलिउडमा पुर्व पोर्न स्टार सन्नि लियोनको फिल्म आएको थियो भने उनै सन्निको जस्तै छबि बनाउने भन्दै 'नेपाली सन्नि लियोन'को उपमा बोकेकी अर्चनाले सोही नामको नेपाली फिल्म गर्ने पक्का बएको हो ।
त्यसो त राजु गिरी संधै उत्तेजक दृश्य समावेश फिल्म बनाएर चर्चा र विवादमा आउने निर्देशकमा पर्छन् । तिनै राजुले अर्चनालाई लिएर काम गर्न कम्मर कसेर लागेका छन् । फिल्म यहि फागुन १४ गतेबाट फ्लोरमा जाने गिरीले बताएका छन् । पर्दा बाहिर रहँदा निकै उत्तेजित दृश्य सुट गराएकी अर्चनाले पर्दामा कस्तो करामत देखाउलिन् त्यो पछि नै थाहा होला ।

