रेखा थापा अभिनित पछिल्लो फिल्म 'रामप्यारी'को अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७३ को छेकोमा प्रदर्शनमा आउने भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री रेखा थापा भगवान रामको अबतारमा देखिएकी छिन् ।

पोस्टरमा रुद्राक्ष मालाधारी रेखाले राम-राम लेखेकै गेरु बस्त्र पहिरेकी छिन् भने पृष्ठभूमिमा भगवान शिवले त्रिशुल बोकिरहेको प्रतिमा पनि देखाईएको छ । फिल्ममा आफु कलियुगको रामको अबतारको रुपमा रहेको भन्दै हराम पुरुषहरुको अग्नि परिक्षा लिने पात्रको रुपमा आफु रहेको रेखाले बताईन् ।
'त्रेता युगमा भगवान रामले आफ्नै श्रीमतीको अग्नि परिक्षा लिए, रामप्यारी पनि कलियुगको राम हो, जसले हराम पुरुषको अग्नि परिक्षा लिन्छ' रेखा बोलिन् । सबिर श्रेष्ठ निर्देशित फिल्ममा रेखासँगै सविन श्रेष्ठ, आभाष अधिकारी र आश्मा डिसी लिड रोलमा छन् ।

