फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । अघिल्लो हप्ता रिलिज दुई फिल्म 'क्लासिक' र 'प्रेमगीत'को होल्ड ओभर कायमै रहँदा शुक्रबार रिलिज फिल्मले धेरै हल पाएनन् । पर्दामा 'फागु', 'को आफ्नो' र 'सोल्जर' आएका हुन् ।
करिश्मा मानन्धरको निर्माणमा तयार 'फागु'मा शिल्पा पोखरेल, सुबास पराजुली, राजेश हमाल लगायत लिड रोलमा छन् । फिल्मलाई सम्झना उप्रेतीले निर्देशन गरेकी छिन् । त्यस्तै अनिल थापा निर्देशित को आफ्नोमा ऋचा शर्मा, राजन खतिवडा, सुवास थापा लगायत लिड रोलमा छन् ।
उता वलिउड फिल्म 'नीरजा' पनि नेपाली मल्टिप्लेक्समा रिलिज हुँदा प्रदर्शनमा आएको 'सोल्जर'लाई बियस बलामीले निर्देशन गरेका हुन् । फिल्ममा सुवास मेचे र जेनिशा केसी लिड रोलमा छन् ।
यसैबीच अघिल्लो हप्ता रिलिज 'प्रेमगीत' र 'क्लासिक' दोश्रो हप्तामा प्रवेश गरेका छन् । पहिलो हप्तामा राम्रो बिजनेश गरेका दुबै फिल्मले दोश्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाउने आशा निर्माण युनिटको छ ।

