Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15409 - 15414 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-12-24, बिहिवार

बिहिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ’क्लासिक’को ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा फिल्म निर्माण टिमसँगै कलाकारहरु उपस्थित रहे । यो भ्यालेन्टाईन रिलिज फिल्मको बारेमा कलाकारहरुले राम्रो आशा व्यक्त गरे । त्यसपछि कार्यक्रममा मिडियामाझ प्रस्तुत भएका निर्देशक दिनेश राउतले आफ्नो फिल्मलाई आँखाले मात्र नहेर्न दर्शकमाझ आग्रह गरे ।

एजेन्सी, सानफ्रान्सिस्को, 2015-12-23, बुधवार

जेम्स क्यामरुनको सुपरहिट फिल्म ‘अवतार’को सिक्वेल कुरिरहेकाहरुका लागि खुशीको खबर छ । निर्देशक क्यामरुनले सन् २०१७ को क्रिसमसको अवसरमा रिलिज गर्ने घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-23, बुधवार

अढाई दशक अघि भूटानबाट त्यहाँका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले चलचित्र ‘रिफ्युजी’ निर्माण गरेका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले यो चलचित्रको सम्पूर्ण निर्माण कार्य सकिएको बताए ।

बैकुण्ठ पराजुली, काठमाडौं, 2015-12-23, बुधवार

त्यसो त नेपालमा फिल्म अवार्डको गरिमा खस्किँदो छ । बर्षेनी हुने आधा दर्जनबढी फिल्म अवार्ड समारोह प्राय बिबादित बन्छन् । छायाँछबि क्रियशनको तर्फबाट आयोजित  सोमबार सम्पन्न ’डि सिने अवार्ड’को बिबादको कुरा बाहिर नआए पनि यो अवार्ड समारोह यस्तो बन्यो कि त्यो कुरा सहभागी हुनेहरुलाई अनि टेलिभिजनमा लाईभ हेर्नेलाई मात्रै थाहा होला ।

फिल्मीखबर, काठमाडौं, 2015-12-23, बुधवार

’एस के फिल्मस्’को तर्फबाट सुनिलकुमार थापा र झरना थापाको लगानीमा एक दशक पहिले जस्तो फिल्म ’ए मेरो हजुर’ बन्यो, फिल्म हिट भयो, त्यसपछि ’तग्दिर’ बन्यो त्यो पनि राम्रै चल्यो । त्यसयता ’फेसबुक’ बन्यो लगानी डुब्यो । त्यसपछि करिब ३ बर्ष पहिले हङकङमा आयोजित एक अवार्ड समारोहमा निर्माण घोषणा गरियो, ’ए मेरो हजुर २’ । तर यो फिल्म बारबार घोषणा भईरहँदा पनि अहिलेसम्म बन्ने छाँट देखिएको छैन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-22, मंगलवार

अभिनेता आर्यन सिग्देल अहिलेका सर्वाधिक व्यस्त र चर्चित कलाकार हुन् । फिल्मको बक्स अफिसले उनको करिअरमा कुनै असर पारेको छैन । आर्यनको विकल्पमा फिल्म क्षेत्रमा अरु कलाकार आउन सकेका छैनन् । यसैले लिएपनि आर्यन, नलिएपनि आर्यन भने जस्तै छ ।

Results : 15409 - 15414 of 24018