Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

'प्रेमगीत' युट्युव कभर सङ्ग प्रतिस्पर्धाका उत्कृष्ट १५ छनोट

फिल्मीखबर, काठमाडौं, 2016/02/22
रिलिज पुर्व नै फिल्मप्रेमी तथा संगितप्रेमीहरुलाई लक्षित गर्दै फिल्म 'प्रेमगीत' ले आयोजना गरेको शिर्ष गीत कभर सङ्ग कम्पिटिसन'को उत्कृष्ट पन्ध्रको सुची सार्वजनिक गरिएको छ । दोश्रो हप्तामा प्रदर्शनतर फिल्मको शिर्ष गीत 'म यस्तो गीत गाउँछु'लाई कभर गर्दै युट्युव दर्शकको आधारमा उत्कृष्ट १० जना र गायन प्रतिभाको आधारमा पाँच जनाको अन्तिम नामावली फिल्मीखबर डटकम मार्फत पहिलो पटक सार्वजनिक गरिएक हो ।
 
 
पाँच सय बढिले सहभागिता जनाएको प्रतियोगितामा युट्युव दर्शकको आधारमा छानिने उत्कृष्ट १० मा पर्नेहरुमा पहिलो नम्बरमा देवेन्द्र बस्नेत छन् । उनले गाएर युट्युवमा अपलोड गरिएको भिडियो सोमबार  दिउँसो १२ बजेसम्म  २१ हजार ३ सय ७ जनाले हेरेका छन् । त्यस्तै दोश्रो नम्बरमा सुनिता थेगिनको स्वरबद्ध गीत १८ हजार ८ सय ९३ जनाले हेरेका छन् । 
 
 
त्यसपश्चात युट्युवमा सर्वाधिक दर्शकबाट छानिएका अन्य उत्कृष्ट नामहरुमा सुदिप पाण्डे, दिलिपकुमार पाण्डे, सागर राई, मन्दिप उप्रेती, सागर पाण्डे, गौरब लिम्बु तथा जुनु प्रसाईं (संयुक्त), केदार भट्ट र रामप्रसाद भट्टराई छन् । त्यस्तै गायन प्रतिभाबाट उत्कृष्ट पाँच छनोट हुनेमा मानभ शाह र श्रेया नेपाल (संयुक्त), नविन काफ्ले, पुरुषोत्तम सुवेदी, मिराज थापा र अञ्जली सुनाम (संयुक्त) र जिवेश गुरुङ छन् । संगीतकार अर्जुन पोखरेल सहितको जुरी टिमले गायनमा उत्कृष्टता खोज्दै प्रतिभावान पाँच नाम छनोट गरेको हो ।
 
सांगीतिक तथ गायन क्षेत्रमा रुची राख्नेहरुको प्रतिभालाई अगाडी ल्याउने हेतुले फिल्म 'प्रेमगीत' युनिटले गत मंसिर ११ गते एक कार्यक्रमका बीच फिल्मको शिर्ष गीत सार्वजनिक गर्दै यो प्रतियिगिताको घोषणा गरेको थियो । भने आउँदो फागुन २० गते उत्कृष्ट एक जनाको नाम घोषणा गर्दै १ लाख धनराशीको पुरस्कार प्रदान गरिने फिल्म निर्माण टिमले बताएको छ । भने अन्यलाई १४ जनालाई स्पेसल गिफ्टको व्यवस्था गरिने बताईएको छ ।
 
सन्तोष सेनको लगानीमा सुदर्शन थापाले निर्देशन गरेको फिल्म सफलताका साथ दोश्रो हप्तामा चलिरहेको छ । लभस्टोरी जनराको फिल्ममा प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन् । फिल्म माघ २९ बाट प्रदर्शनमा आएको थियो ।
Most Visited News (monthly)