Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`फूलैफूलको मौसम तिमीलाई`ले भेट्यो ह्याट्रिक प्लेयर नवयुगको साथ

फिल्मीखबर, काठमाडौं, 2016/02/21
प्रचार प्रसारसँगै सामाजिक कामको लामी पनि हात अगाडी बढाएको फिल्म 'फूलैफूलको मौसम तिमीलाई' फागुन २१ मा रिलिज हुँदैछ । फिल्म रिलिजको दिन नजिकिँदै गर्दा निर्माण युनिट तथा निर्देशक दिनेश डिसी कलाकारसहित प्रचारमा त व्यस्त छन् नै उनले सुरु गरेको आफ्नो फिल्मले तुईनको ठाउँमा झोलुङ्गे पुल बनाईदिने अभियानमा समेत सहयोगी हातहरु पाईरहेका छन् । 
 
यो बीचमा पछिल्ला दुई टुर्नामेण्टमा नेपाली फुटबल टिमको तर्फबाट लगातार ह्याट्रिक गोल गरेर चर्चामा रहेका खेलाडी नवयुग श्रेष्ठबाट समेत उनले सहयोग भेटेका छन् । आफुसँगको भेटमा नवयुगले तुईनमा झुण्डिएर स्कुलका लागी यात्रा गर्ने बालबालीकाको बारेमा फिल्मको तर्फबाट बनाएको डकुमेन्ट्री मर्मस्पर्शी भन्दै तुईन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने अभियानमा सर्मथन जनाएको डिसीले बताए । 
 
उनले यो प्रकारको सामाजिक कार्यको लागी एउटा फिल्मको तर्फबाट सुरु गरिएको अभियानलाई स्वागतयोग्य भन्दै 'फूलैफूलको मौसम तिमीलाई' पर्दामा आएपछि हेरिदिन पनि दर्शक तथा सुभचिन्तकहरु समक्ष आग्रह गरेका छन् । फेसबुकमा अपलोड भई हजारौंले हेरेको भिडियो यही बोल्छ । नवयुगले फिल्म युनिटको तारीफ गर्दै आफु पनि रिलिजको पहिलो दिनको पहिलो शो हेर्न गई पीडीत बालबालीकाहरुलाई सहयोग गर्ने आश्वासन पनि दिएका छन् । 
 
डिसी निर्देशित फिल्ममा आमेश भण्डारी र नीता ढुङ्गाना लिड रोलमा छन् । फिल्मको यसअघि सार्वजनिक गीत तथा ट्रेलरले राम्रो चर्चा पाईरहेको छ ।
Most Visited News (monthly)