फिल्म राहदानीको यो आईटम गीत सार्वजनिक भएको छ । युट्युव सार्वजनिक गीतमा अभिनेत्री रिमा विश्वकर्माको मादकता छल्केको छ । फिल्म चैत्र १२ मा रिलिज हुँदैछ ।
गाउँबाट शहर पसेर आधुनिक बनेकी एक युवतीको परिवर्तित जीवन शैलीलाई गीतमा प्रस्तुत गरिएको छ । राजु शाहको नृत्य निर्देशन रहेको यो गीत दुर्गा खरेलले गायकी छिन् । निर्देशक डब्बु क्षत्रीले नै लेखेको यो गीतमा चेतन सापकोटाको संगीत छ ।
लक्ष्मी प्रसाद ढकालको प्रस्तुति रहेको यो चलचित्रको निर्माण रियाना पात्रबँश, रम्भा पाण्डे, कृष्णचन्द झा, शुष्मा ढकाल, नैनु शमशेर जबरा र अभिषेकमान सिंहले गरेका हुन् ।
बैदेशिक रोजगारका विभिन्न समस्यालाई उठाईएको यो फिल्ममा दयाहाङ राई, सृजना सुब्बा, रुपा खनाल, अशोक रिजाल, बिनिता घिमिरे, नविन लम्साल, मोनिका दाहाङ, फुपु तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, अस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय रहेको छ ।
भिडियोः

