बिहानीका शोमा औषत व्यापार गरेको फिल्म ‘फागु’ले मेट्नी र साँझका शोहरुमा राम्रो कमाई गरेको फिल्म निर्माण समूहले जानकारी गराएको छ । अघिल्लो हप्ता रिलिज भएका फिल्मले पर्दा नछाडेका कारण तुलनात्मक रुपमा कम हलमा रिलिज भएको ‘फागु’ले सन्तोषजनक व्यापार गरेको निर्माण समुहको दाबी छ ।
आईतबारबाट फिल्मको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ । अभिनेत्री करिष्मा मानन्धरले निर्माण गरेको फिल्ममा शिल्पा पोखरेल मुख्य भूमिकामा रहेकी छिन् । फिल्ममा राजेश हमाल, सुवास पराजुली, गौरी मल्ल, प्रमोद अग्रहरी आदि कलाकारको पनि अभिनय रहेको छ ।
फिल्म राजधानीका तीन दर्जन र काठमाडौ बाहिरका दुई दर्जन भन्दा बढी हलमा रिलिज भएको छ । फिल्मले खुल्ला सिमानाका कारण तराईमा बसोबास गर्ने एउटा परिवारमा आएको समस्यालाई प्रस्तुत गरेको छ ।

