पारिवारिक सम्बन्धमा रहेका अभिनेत्री रेखा थापा र निर्माता छबि ओझा छुट्टिएपछि केहि समय पानी बाराबार भयो । त्यो समयमा यी दुईको बोलचालसम्म बन्द भएको कुरा मिडियामा आएको थियो । त्यसपश्चात सामान्य भेटघाटमा के छ कसो छ को बोलिचाली बाहेक यी दुईको ठुलो भलाकुसरी देखिँदैन् ।
केहि दिन पहिले एक फिल्मको प्रिमियरमा उपस्थित हुँदा दुबैले अंकमाल गरे अनि केहि बेर उस्तै भलाकुसरी गरे । हुन् र रेखा जहिले पनि मान्छेहरुलाई रिझाउन अनि फकाउन र आफ्नो पक्षमा पार्न माहिर मानिन्छिन् । अहिले त्यही धुनमा छबिसँग पनि उनी निकट भएको केहिको अनुमान छ, कारण हो, रेखाको 'रामप्यारी' र छबिको 'किस्मत २' एकसाथ भिड्ने चर्चा ।
यो बर्षको अन्तिम शुक्रबार यी दुई फिल्म रिलिजको चर्चा हुँदैगर्दा रेखाले सकेसम्म आफुसँग छबिको फिल्म नभिडोस् भन्ने चाहेकी छिन् । त्यसैले अहिले उनी छबिलाई पगाल्दैछिन् । स्रोतका अनुसार छबिले रेखालाई फिल्म नजुधाउने बचन दिईसके रे ! तर फिल्मीखबरसँगको कुराकानीमा भने हिट निर्मातामा पर्ने छबिले फिल्मको रिलिज सार्ने र चैत्र २६ मा नलगाउने कुरा नभएको भन्दै त्यस्तो भएको खण्डमा प्रेसमिट नै गरेर जानकारी दिने बताए ।
यो भन्दैगर्दा उनले बोलेका संवादहरुले पनि फिल्म लाग्दैछैन् कि भन्ने प्रकारको संकेत गर्थ्यो । रेखाले त छबिले फिल्म जुधाउँदिन भनेर बचन दिईसकेको दाबी उनका निकटस्थ व्याक्तिहरुसँग गरिसकेकी छिन् । रेखाको कारण पग्लिँदै छ त छबिको मन ? फिल्म जुध्छन् या जुध्दैनन् त्यो त केहि दिनमै निर्कौल होला ।

