चैत्र ५ मा अभिनेता सविन श्रेष्ठका दुई फिल्म एकसाथ भिड्दैगर्दा त्यो समयमा उनलाई जति तनाब अरु सायदैलाई होला । प्रतिस्पर्धि फिल्मको प्रचार तिब्र हुँदा अर्को फिल्म 'लक्ष्य'को प्रचार अलिक कम छ । तर निर्माण युनिट अब प्रचारलाई व्यापकता दिँदै आक्रामक शैली अपनाउने रणनीतिमा रहेको दाबी गर्छ ।
सविन श्रेष्ठसँगै अनु शाह लिड रोलमा रहेको 'लक्ष्य'लाई मिलन आले मगरले निर्देशन गरेका छन् । तर निर्देशकदेखी लिड कलाकारहरु सबैजसो प्रचारमा त्यति सक्रिय भएको देखिँदैन् । फिल्मले प्रेम तथा एक्शन जनरा समाएको यसअघि नै बताउँदै आईएको छ ।
पर्दा बाहिर पनि प्रेमको चर्चा बढेको सविन र अनुको जोडीलाई पर्दामा दर्शकले स्थापित हुने अबसर दिन्छन् या दिँदैनन्, त्यो चैत्र ५ पछि थाहा हुनेछ । अनु पछिल्लो समय फिल्ममा भन्दा म्युजिक भिडियोमा व्यस्त हुने अभिनेत्रीमा पर्छिन् ।

