Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

'क्लासिक २' निर्माण बारे निर्देशकले खोले रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/03/07
'क्लासिक' निर्देशक दिनेश राउतले दर्शकले चाहना राख्दैगर्दा फिल्मको सिक्वेल आउन सक्ने बताएका छन् । यसअघि फिल्म निर्माणको क्रममा नै यो फिल्मको सिक्वेल बन्ने चर्चा थियो । त्यो समयमा निर्माण टिम खासै नबोलेपनि  फिल्मको सफल रिलिज सँगै निर्देशकले यो बिषयमा कुरा खोलेका हुन् । 
 
'क्लासिक' फिल्मले एक हदसम्म स्टोरी पुरा गरेको भएपनि सिक्वेल जोड्नसकिने ठाउँ हामीले छाडेका छौं, तर अहिले नै यो बिषयमा हाम्रो टिमभित्र कुरा अघि बढिसकेको छैन,  निर्देशक राउतले भने 'दर्शकबाट अनि फिल्म शुभचिन्तकहरुबाट माग हुँदै गर्दा सिक्वेल आउनसक्छ।' नेपालमै पहिलो पटक दृष्टिबिहिनको कथा बोकेको चुनौतीपुर्ण बिषयमा फिल्म बनाएर दर्शकबाट माया पाएपछि निर्देशक राउतले राम्रो तारिफ भेटेका छन् ।
 
उता 'क्लासिक'को सफलताले मख्ख निर्माता सुबास गिरीले पनि अनौपचारिक भेटमा सुवास ईन्टरटेन्मेन्टबाट अर्को बर्ष अर्थात २०७३ मा दुईवटा सम्म फिल्म दर्शकमाझ पस्किने बताईसकेका छन् । क्लासिकमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको लिड अभिनय छ ।
 
Most Visited News (monthly)